March 14, 2026, Saturday
२०८२ फाल्गुन ३०
1:37:26 pm

राष्ट्रपति पौडेलले गरे पुष्पलालको शालिकमा माल्यार्पण

२०७९ फाल्गुन २७

1.5K

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल पार्कमा पुगेर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शालिकमा माल्यार्पण गरेका छन्।

उनलाई पार्कमा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव नेपाल, नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल, काठमाडौ १० का प्रतिनिधि सभा सदस्य राजन केसी लगायतले स्वागत गरेका थिए।

सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेलले पार्क, प्रतिष्ठानको भवनको अवलोकन गरेका थिए। यसअघि शुक्रबार नवनिर्वाचित राष्ट्रपति पौडेलले पशुपतिनाथ मन्दिर र गुहेश्वरी मन्दिरमा पूजा गरेका थिए।

Advertisement