पाँचथर । प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गत ‘म स्वयंसेवी अभियान’ ले पाँचथरको सदरमुकाम फिदिममा माध्यमिक तह स्तरीय कविता प्रतियोगिता सम्पन्न गरेको छ । बिहीबार जिल्ला समन्वय समितिको सभाहलमा लागू पदार्थ दुर्व्यसन तथा विपद व्यवस्थापनमा ‘हामी स्वयम्सेवी’ विषयक कविता कविता प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा फिदिम मावि फिदिमकी समिक्षा न्यौपाने प्रथम, निलगिरी मावि हिलिहाङका देबेन्द्र ओली द्वितीय, सिद्धदेवी मावि फाल्गुनन्दका भिमराज आङदेम्बे त्रितीय र गुप्तेश्वर मावि याङवरककी मनुषा ओली सान्तवना भए ।
प्रतियोगितामा जिल्लाको विभिन्न विद्यालयका २७ जनाको सहभागिता रहेको थियो ।
सो अवसरमा हामी स्वयंसेवी अभियान अन्तर्गत प्रधानाध्यापक तथा शिक्षक नायकहरुका लागि अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न भएको हामी स्वयंसेवी अभियान पाँचथरका प्रशिक्षक चन्द्र बहादुर माङ्मुले जानकारी दिए । उनका अनुसार स्वयंसेवामार्फत समाजका विकृति विसंगतिलाई न्यूनीकरण गर्ने उदेश्यले अभियान सुरु गरिएको हो ।