May 21, 2025, Wednesday
२०८२ जेष्ठ ८
1:37:26 pm

मोरङमा सवारी दुर्घटनाबाट एकजनाको मृत्यु

२०७९ फाल्गुन २२

1.8K

विराटनगर । मोरङको कटहरी गाउँपालिका–७ तकिया रोडस्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ग्रामथान गाउँपालिका–६ का ३३ बर्षीय पप्पु सहनीको घटना स्थलमा नै मृत्यु भएको हो ।

प्रहरीका अनुसार आज दिउँसो ११ बजे उत्तरबाट दक्षिणतर्फ जादै गरेको प्रदेश १–०२–००१ क ३८९ नम्बरको टिफरले विपरित दिशाबाट आउदै गरेको को २२ प ७८२३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक सहनीको घटना स्थलमा नै मृत्यु भएको हो ।

घटनामा संलग्न ठक्कर दिने टिफर र चालक जिल्ला काभ्रे पाँचखान नगरपालिका–६ का ५९ बर्षीय श्याम बहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement