विराटनगर । झापा, मोरङ र सुनसरीको छुट्टाछुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
हिजो सुनसरीको ईटहरी उप–महानगरपालिका–१० खनारस्थित दक्षिणबाट उत्तरतर्फ जादै गरेको को २ ह ६४३२ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई पल्टिदा घाईते भएका सिटीमा सवार ईटहरी– १० का ४० बर्षीय सुरेन्द्र सरदारको उपचारको क्रममा बिराट टिचिङ अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।
यसैगरी आज मोरङको बेलबारी नगरपालिका–१ शिशौली चोक स्थितमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ५ ख ६९४२ नम्बरको बसले सोही दिशातर्फ आउदै गरेको २ वटा साईकललाई ठक्कर दिदाँ घाईते भएका साईकल यात्री बेलबारी– २ का १९ बर्षीय लेखनाथ चौहानलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्याउन साथ मृत्यु भएको थियो भने अर्का साईकल यात्री १८ बर्षीय राम बस्नेतको नोबेल अस्पतालमा उपचार भईरहेको छ ।
यसै गरी आज झापाको कनकाई नगरपालिका– १ दुर्गापुर चोक स्थितमा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको प्र १–०१–०१६–३१५९ नम्बरको मोटरसाईकलललाई विपरित दिशाबाट आउदै गरेको बा ४ ख ९३१९ नम्बरको विर्तामोड–२ स्थित रहेको निधी क्याम्पसको बसले ठक्कर दिदाँ घाईते भएका मोटरसाईकल चालक ताप्लेजुङ श्रीजंघा गाँउपालिका–४ का ३५ बर्षीय समिर लिम्बुको उपचारको क्रममा विएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
सबै दुर्घटनामा संलग्न सवारी साधनहरु र चालक प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भईरहेको छ ।