April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बैंकर्स एसोसिएसन पाँचथरको पहिलो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रसैला

1.5K

पाँचथर । बैंकर्स एसोसिएसन पाँचथरको पहिलो अधिवेशन सम्पन्न भएको छ । तमोर माझिटारमा बनभोज कार्यक्रमको आयोजना गरेर एसोसिएसनले पहिलो अधिवेशन सम्पन्न गरेको हो ।

अधिवेशनबाट अध्यक्षमा रुपेश प्रसैला, उपाध्यक्षमा विपिन रिजाल, सचिवमा भिमनिधि तिवारी (विक्रम) सहसचिवमा गोपाल पौडेल, कोषाध्यक्षमा शोभा ढुङ्गेल सदस्यहरुमा उमेश गौतम, छत्रपति निरौला, चाँदनी थापा ९मगर० र प्रमिस आचार्य रहेको ९ सदस्यिय कार्यसमिति सर्बसम्मत रुपमा चयन भएको छ ।

समितिमा थप २ सदस्य मनोनयन गरिने नवनिर्वाचित अध्यक्ष प्रसैलाले जानकारी दिए ।

Advertisement