April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

अलैँची ब्यवसायी महासंघ पाँचथरको अध्यक्षमा कुमार तामाङ

1.6K

पाँचथर । नेपाल अलैंची व्यवसायी महासंघ जिल्ला समिति पाँचथरको अध्यक्षमा कुमार तामाङ चयन भएका छन् । तेस्रो जिल्ला अधिवेशनले कुमार तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा खेमनाथ खनाल, बाणिज्य उपाध्यक्षमा निर्मल अधिकारी, कृषि उपाध्यक्षमा मनिषा श्रेष्ठ धमला, महासचिव मदन खरेल,सचिव टेकनाथ ढुङ्गाना, कोषाध्यक्ष सुर्य कुमार राई रहेका छन् ।

यस्तै, सदस्यहरु मित्र सापकोटा, गणेश तामाङ्ग, प्रताप तामाङ्ग, नारायण कोइराला, सुरेन्द्र राइ, डिल्लि ओलि, सोम काफ्ले, गणेश बास्कोटा, भिमा दंगाल रहेका छन् ।

Advertisement