April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

आयुर्वेद स्वास्थ्यकर्मी समाज पाँचथरको अध्यक्षमा राजु पराजुली

2.2K

पाँचथर । जिल्लाको आयुर्वेद स्वास्थ्यकर्मी समाजको अध्यक्षम राजु पराजुली चयन भएका छन् । आयुर्वेद स्वास्थ्यकर्मीहरुको फिदिममा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले पराजुलीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

बिहिवार सम्पन्न अधिवेशनबाट समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा योगकुमार महतो, किशोरकुमार चौधरी र हेमप्रसाद गौतम चुनिएका छन् । यसैगरी सदस्यहरुमा रामकृपाल यादव, सोभितकुमार साह, प्रमोदकुमार यादव,अर्चना राजबंशी, जानुका अधिकारी, निरज ढाकुर, हेमनाथ रिजाल निर्विरोध निर्वाचित भएका छन् ।

आयुर्वेद स्वास्थ्यकर्मी समाज १ नम्वर प्रदेशका अध्यक्ष बैजनाथ साहको उपस्थितिमा सम्पन्न भेलामा आयुर्वेदिक उपचार पद्वतीलाई प्रभावकारी रुपमा अगाडी बढाउन वक्ताहरुले जोड दिएका थिए ।

Advertisement

अधिवेशन फिदिमस्थित आयुर्वेद स्वास्थ्य कार्यालय फिदिमको सभाहलमा सम्पन्न भएको हो । आयुर्वेद स्वास्थ्यकर्मी समाज आयुर्वेदिक चिकित्सकहरुको साझा संस्था हो ।