April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

जिल्लाका नागरिकको समिपमा समर्पित हुनेछु: प्रदेश सांसद मैंया श्रेष्ठ

2.4K

पाँचथर । प्रदेश नम्बर १ का सांसद मैंया श्रेष्ठ लावतीले जिल्लाको विकास र समृद्धिमा समर्पित रहने प्रतिवद्वता जनाएकी छन् । फिदिममा आयोजित हातेमालो कृषि सहकारी संस्थाको छैठौं अधिवेशन तथा १६औं साधारणसभामा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्वता जनाएकी हुन् ।

लावतीले जिल्लाको कृषि सहकारी र समग्र विकासका लागि सदैव क्रियाशिल रहने कुरामा जोड दिइन् । ‘सहकारीको माध्यमबाट समग्र नागरिकलाई आर्थिक सुदृढीकरण गर्न सकिन्छ, त्यसैले आम सहकारी अभियन्ताका भावनालाई व्यवस्थित गर्न निरन्तर पहल गर्नेछु ।’, श्रेष्ठले भनिन् ।

हातेमालो कृषि सहकारी संस्थाले जिल्लाबाट प्रदेश सभा सदस्यमा निर्वाचित श्रेष्ठसहित विभिन्न क्षेत्रमा योगदान पु¥याएका अग्रजहरुको सम्मान पनि गरेको छ । सम्मानित हुनेहरुमा पूर्वप्रदेस सांसद सीता थेवे, फालेलुङ गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जवेगु, फाल्गुनन्द गाउँपालिका उपाध्यक्ष ठाकुरसिंह नेम्वाङ, सहकारीका ज्येष्ठ सदस्य देवीप्रसाद ढुंगाना र संस्थापक सदस्य इश्वरीप्रसाद तिमल्सेनासहित रहेका छन् ।

Advertisement

सहकारीले विभिन्न विधामा आफ्ना सेयर तथा वचत सदस्यहरुलाई पनि सम्मान गरेको छ । सोहि अधिवेशनबाट देवीप्रसाद अधिकारी अध्यक्ष रहेको नयाँ कार्य समिति पनि चयन भएको छ । समितिको उपाध्यक्षमा सुर्यकुमार निरौला, सचिवमा दिपक अधिकारी, सहसचिव पुण्यप्रसाद दुलाल र कोषाध्यक्षमा चन्द्रमाया विश्वकर्मासहित १० जना सदस्य चुनिएका छन् ।
यस्तै लक्ष्मी गौतम संयोजक रहेको ३ सदसीय लेखा समितिसमेत निर्वाचत भएको छ ।