पाँचथर। जिल्लाको फिदिम नगरपालिका वडा नम्बर ७ रानिटारमा लिम्बु जातीहरुको पहिचान झल्कने च्याब्रुङ स्तम्भको सिलान्यास गरिएको छ । मंगलबार एक समारोहबीच किरात याक्थुङ चुम्लुङ जिल्ला समन्वय समिति पाँचथरका अध्यक्ष महेन्द्र आडदेम्बेले स्तम्भको शिलान्यास गरेका हुन् ।
फिदिम नगरपालिका वडा नं ७ को शासकीय सुधार कार्यक्रम अन्तर्गत ३ लाख रुपैयाँको आर्थिक सहयोगमा लिम्बु संस्कृतिको पहिचान झल्काउने गरी १५ फिट उचाइको फाइवरको मानिसले बजाउदै गरेको च्याब्रुङ स्तम्भ निर्माण गर्न लागिएको हो ।
स्तम्भ निर्माणका लागि स्थानिय समाजसेवी, बुद्धिजीवी सहयोगीदाताहरुबाटसमेत सहयोग लिईने किरात याक्थुङ चुम्लुङ फिदिम ७ का अध्यक्ष बलबहादुर नेम्बाङले जानकारी दिए ।