July 20, 2025, Sunday
२०८२ श्रावण ४
1:37:26 pm

पाँचथरमा संचालित दुई दिने आँखा उपचार शिविरबाट ५ सय ३० जनाको उपचार

1.8K

पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा सोमबार सम्पन्न भएको दुई दिने निःशुल्क आँखा उपचार शिविरबाट ५ सय ३० जना बिरामीले सेवा लिएका छन । याङवरक गाउँपालिका र नेत्रज्योती संघ ताप्लेजुङले आइतबार र सोमबार २ दिनसम्म शिबिर सञ्चालन गरेको थियो ।

शिविरमा आएका ५ सय ३० मध्ये ३६ जनाको मोतियाबिन्दु अप्रेसन,१ सय ८६ जनालाई चश्मा वितरण र ३ सय ८ जनाको साधारण उपचार गरिएको हो ।

ग्रामिण भेगमा बसोबास गर्ने नागरिकमा अत्याधिक मात्रामा आँखाको समस्या रहेको पाइएपछि नेत्रज्योती संघ सँगको सहकार्यमा शिविर आयोजना गरिएको याङवरक गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत सुमन लिङदेनले बताए।

Advertisement

आँखाको समस्या भएका बिरामीलाई दिर्घकालिन सेवा दिन गाउँपालिका केन्द्र थर्पुमा आँखा उपचार केन्द्र पनि स्थापना गरिएको उनको भनाई छ । केन्द्रमा एकजना नेत्र सहायकले नियमित सेवा दिने बताइएको छ ।