July 21, 2024, Sunday
२०८१ श्रावण ६
1:37:26 pm

‘कञ्चनजङ्घाको काखबाट’ विमोचित

1.8K

पाँचथर । गिरिराज बाँस्कोटाको नियात्रासंग्रह ‘कञ्चनजङ्घाको काखबाट’ विमोचित भएको छ । विभिन्न क्षेत्रका रङ्गीन तस्वीरसहित सहितको नियात्रा संग्रह पाँचथर सदरमुकाम फिदिममा बिमोचन भएको हो ।

संग्रहमा मोटरसाईकलमा पुष्पलाल (मध्यपहाडी) लोकमार्ग हुँदै पूर्व पश्चिम यात्रा, कञ्चनजङ्घा हिमाल क्षेत्र लगायतका विभिन्न क्षेत्रका नियात्राका २० पाठ पुस्तकमा रहेका छन् । हरेक ठाँउको यात्राका तस्वीर समेत पुस्तकमा समावेश गरीएको छ ।

१ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले उक्त किताब बिमोचन गरेका थिए । पछिल्ला दशबर्ष गरिएका यात्राका विषयबस्तु उक्त पुस्तकमा छन् । चौरी, गुराँस, तितेमाछा जस्ता विषयलाई पनि समेटिएका छन् ।

Advertisement

नेपालका मध्यपहाडीजिल्ला तथा पूर्वका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटाका विषयहरु समेटिएका छन् । मन्त्री आङ्बोले प्रकाशन गरेको उक्त किताको ज्ञान ज्योती पुस्तक पशलले वितरण गर्दै छ ।