March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

बैतडीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुग्यो

865

काठमाडौं । बैतडीको पाटनमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । मृत्यु हुनेमा प्रहरी तालिम केन्द्र दीपायलमा कार्यरत प्रहरी सहायक हवल्दार अर्जुन कठायत, सोही स्थानमा कार्यरत प्रहरी जवान लोकबहादुर बाठामगर, बिर्खबहादुर विष्ट र जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान रमेश साउद रहेका छन् ।

प्रहरीका अनुसार ३ जना प्रहरीको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते ९ जना भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पाटन बैतडीको अनुसार घाइते पनि जिप चालक बाहेक सबै नेपाल प्रहरी हुन् ।

जिल्ला सदरमुकाममा मतपेटिका पु¥याएर फर्किँदै गरेको प्रहरी टोली चढेको जिप दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका– ४ को थूममा दुर्घटनामा परेको हो । जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।

Advertisement