March 15, 2025, Saturday
२०८१ चैत्र २
1:37:26 pm

निर्वाचनको लागि पाँचथरमा छानिए एक हजार १२ म्यादी प्रहरी

1.7K

पाँचथर । मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रदेश र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि पाँचथरमा एक हजार १२ जना म्यादी प्रहरी छानिएका छन् । म्यादी प्रहरीका लागि आवेदन दिएका एक हजार ५ सय ७५ जना प्रतिस्पर्धीबाट जिल्ला प्रहरी कार्यालय पाँचथरले एक हजार १२ जना छनौट भएको जनाएको छ ।

छानिएका म्यादी प्रहरीलाई सम्झौता अनुसारको पारिश्रमिक उपलब्ध गराउन सम्पर्कमा बोलाएर बैङ्क खाता खोल्न लगाएको पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए । उनका अनुसार म्यादी प्रहरीलाई असोज ३० गतेदेखि काममा लगाइनेछ ।

उनीहरूलाई जिल्लाका आठवटा स्थानीय तहका १ सय २ मतदानस्थल र १ सय ७७ मतदान केन्द्रमा खटाउने तयारी छ । पाँचथरमा एक लाख ३८ हजार ९८२ मतदाता रहेका छन् ।

Advertisement