यासोक । पाँचथरको कुम्मायक गाउँपालिकाको यासोकमा घटस्थापनाको अवसरमा फुटबल खेल प्रतियोगिता सम्पन्न भएको छ । सोमबार कुम्मायक गाउँपालिकाका कर्मचारी र उद्योग बाणिज्य संघ शाखा यासोक तथा यासोकमा रहेका बित्तीय संघसस्थाका कर्मचारीहरुबीच भएको उक्त खेलमा कर्मचारी टिम बिजयी भएको छ ।
हिन्दुहरुको महान चाड बडादशै पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले फुटबल खेलको आयोजना गरिएको कुम्मायक गाउँपालिकाका सूचना शाखा प्रमुख प्रदीपसिं तामाङले बताए । पृथ्वी माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न भएको सो प्रतियोगितामा गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावती, उपाध्यक्ष महेन्द्र बहादुर खड्का र वडा अध्यक्षहरु लगायत वडा सदस्य साथै अभिभावक बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।