April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

पाँचथरको फिदिममा संचालित आँखा शिविरमा २ सय ५० जनाको शल्यक्रिया

2.4K

पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा सञ्चालन भएको आँखा शिविरमा २ सय ५० जनाको शल्यक्रिया गरिएको छ । शिविरमा मोतियाबिन्दु लगायतका समस्या भएका बिरामीको शल्यक्रिया भएको हो ।

पाँचथर अस्पताल परिसरमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार ९ सय ६ जनाले सेवा लिएको आयोजक जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए ।

फिदिम नगरपालिकाको आर्थिक सहयोगमा समाजले निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा मेची आँखा अस्पताल विर्तामोडका चिकित्सकहरुले सेवा दिएका थिए ।

Advertisement