विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका–४ स्थित राजमार्गमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ।
आज दिउँसो सवा १ बजे प्रदेश १–०२–००१ ख ८३३२ नम्बरको टिफरले विपरित दिशाबाट आउदै गरेको को.३८ प ५९५० नम्बरको मोटरसाईकललाई ठक्कर मोटरसाईकल चालक सुन्दरहरैचा ४ का २९ बर्षीय कुमार राईको मृत्यु भएको हो ।
ठक्करबाट घाईते भएका उनलाई उपचारका लागि धरान घोपा अस्पताल पु¥याउना साथ डाक्टरले मृत घोषणा गरेको हो ।
ठक्कर दिने टिफर र चालक ईटहरी १ का राज कुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।