उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० मा शनिवार दिउँसो भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।
ईटहरीबाट गाईघाट तर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प ७४८५ नम्बरको मोटरसाईकल चौदण्डीगढी नगरपालिका–१० ईक्राहामा आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक कटारी नगरपालिका–४ का २४ बर्षीय अबिशेक खड्काको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको तथा मोटरसाईकल पछाडी सवार रहेकी निजकै श्रीमती संजिता बस्नेतको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।