काठमाडौँ । ‘प्रज्ञा गजल महोत्सव–२०७९’ आयोजना हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य÷काव्य) विभागद्वारा राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५७ औँ जन्मजयन्तीका अवसरमा ‘प्रज्ञा गजल महोत्सव–२०७९’ आयोजना गरिन लागिएको हो ।
प्रज्ञा भवनको सिद्धिचरण सभा हलमा भदौ १२ गते आइतबार बिहान ११ बजेदेखि सुरु हुने ‘प्रज्ञा गजल महोत्सव–२०७९’मा देश तथा विदेशबाट प्रत्यक्ष र भर्चुअलका माध्यमबाट अग्रज तथा नयाँ पुस्ताका गरी करिब ७७ जना गजलकार सहभागी हुने विभागका प्रमुख एवम् महोत्सव संयोजक प्रा.डा. हेमनाथ पौडेलले बताए ।
उनका अनुसार महोत्सव नेपाल प्रज्ञा–प्रतिष्ठानको फेसुबक पेजबाट प्रत्यक्ष प्रसारण हुनेछ ।