November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

विद्यार्थी बोकेको डुङ्गा दुर्घटना, २५ विद्यार्थी घाइते

2.1K

काठमाडौं । दाङको राप्ती नदीमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना हुँदा २५ विद्यार्थी घाइते भएका छन् । विद्यार्थी बोकेर नदी पार गर्न लागेको उक्त डुङ्गा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

आज बिहान ९ बजेतिर लमही नगरपालिका– ९ बाट डुङ्गा चढेर राप्ती नदी पार गरी राजपुर–७ स्थित मावि सिक्टामा अध्ययनका लागि जान लागेका थिए । लमही–९ तरुलियाका सिक्टा माविमा कक्षा ६ मा अध्यनरत १३ वर्षीय मनिष विक, सोही कक्षामा अध्यनरत १२ वर्षीया रीमा राम्जाली, कक्षा ९ मा अध्यनरत १६ वर्षीय सन्दिप विकको लमहीमा उपचार जारी रहेको छ । यीबाहेक अन्य सबै विद्यार्थीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेकामध्ये गम्भीर घाइते तीन विद्यार्थीको लमहीमा उपचार जारी छ । क्षमताभन्दा तीन÷चार गुणा बढी विद्यार्थी बोकेका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।

Advertisement

दुर्घटना भएको देख्ने बित्तिकै स्थानीयवासीले बालबालिकाको उद्धार गरेका थिए ।