March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

नेपाल चेम्बर अफ कमर्स हङकङको ५औं पदस्थापन कार्यक्रम सम्पन्न, अध्यक्षमा लव कुमार गुरुङ

2.5K

हङकङ । नेपाल चेम्बर अफ कमर्स हङकङको ५औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शनिबार सम्पन्न उक्त कार्यक्रमको नवनियुक्त चेम्बरका अध्यक्ष लवकुमार गुरुङ र प्रमुख आतिथि हङकङका नेपाली महावाणिज्य दुत उदय बहादुर राना मगरले पानसमा बत्ती बालेर उद्धघाटन गरेक थिए ।

जोर्डनस्थित याक एण्ड यती रेष्टुरेण्टमा सम्पन्न उक्त कार्यक्रमा हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, आदिवासी जनजाति महासंघका कार्यवाहक अध्यक्ष कृष्णराज लावती, एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल लगायत चेम्बरका विभिन्न पदाधिकारी तथा व्यापारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा चेम्बरका उपाध्यक्ष धिरज कुमार राई, संरक्षक बेदबहादुर खड्का, प्रमुख अतिथि महावाणिज्य दुत उदयबहादुर राना मगर लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

यस्तै, कार्यक्रममा चेम्बरका निवर्तमान र नवनियुक्त कार्यसमितिका पदाधिकारी, प्रमुख सल्लाहकार तथा सल्लाहकारहरुले एक आपसमा हात मिलाएर पदभार हस्तान्तरण तथा ग्रहण गरेका थिए भने नवनिर्वाचित कार्य समितिद्धारा मनोनित कार्य समितिका पदाधिकारीहरुलाई अध्यक्ष लवकुमार गुरुङले सफत ग्रहण गराएका थिए ।

Advertisement

कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले उम्मेदवारी घोषणाको क्रममा सार्वजनिक गरेको घोषणा पत्र अनुसार नै आफू र आफ्नो समूहले काम गर्ने बताए । सम्भवतः अर्को महिना भित्रै आवश्यक प्रदर्शनी हलको व्यावस्था गरी विशेष गरी स्थानीय चिनियाँहरुलाई लक्षित गरी नेपाली खाद्य वस्तुदेखि हस्तकला लगायत सम्पूर्ण नेपाली सामानहरुलाई एकै ठाउँ प्रदर्शनीमा राखिने बताए ।

कार्यक्रमको संचालन चेम्बरका महासचिवमा शशी मदन राईले गरेका थिए ।