April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मनिषा आचार्यको उपन्यास ‘छोरी’ सार्वजनिक

2.3K

काठमाडौं । पाँचथरकी मनिषा आचार्यको ‘छोरी’ उपन्यास सार्वजनिक भएको छ । फिदिम १२ बाट जीवनयात्रा सुरु गरेकी अखिल (क्रान्तिकारी) की केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश नं १ की उपाध्यक्ष मनिषा आचार्यद्वारा लिखित पहिलो कृति छोरी उपन्यास शनिबार पर्यटन बोर्डको हलबाट सार्वजनिक भएको हो ।

उक्त कृतिको अखिल (क्रान्तिकारी) केन्द्रीय कमिटीको आयोजनामा भएको बिमोचन कार्यक्रमबीच माओवादी नेतृ उर्जा, जलस्रोत र सिंचाई मन्त्री पम्फा भुषाल, क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, समालोचक सन्तोष परियार, सञ्चारिका समुहकी अध्यक्ष तथा साहित्यकार बिमला तुम्खेवा लगायतले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

महिलामाथि भएका अनेक उत्पीडन, विभेद र उनीहरुका संघर्षसँग जोडिएका सम्वेदना, सहानुभूति, काहाली लाग्दा उथुलपुथुल, प्रेरणा र हौसलाको आश्चर्यजनक जम्काभेटलाई कलात्मक ढंगले समेटिएको २८५ पृष्ठको छोरी उपन्यासलाई शंखमुल काठमाडौंको लाइफ रिसर्च एण्ड पव्लिकेशन प्रा.लि.ले प्रकाशित गरेर पाठक सामु ल्याएको हो ।

Advertisement

अध्यक्ष पञ्चा सिंहको अध्यक्षतामा सम्पन्न बिमोचन कार्यक्रममा सबै वक्ताले लेखिका आचार्यलाई समाजमा दबिएका आवाजहरु र गुम्सिएका पीडालाई सुन्दर शब्दसहित बाहिर ल्याएकोमा सम्मान गर्दै आगामी लेखनयात्रा निरन्तरताको कामना र अझ परिकृत कृतिको अपेक्षा समेत गरेका थिए ।