November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

भोजपुरमा ट्याक्टरको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

2.2K

धनकुटा । भोजपुरमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । भोजपुर नगरपालिका–१२ छचौतारामा बिहीबार साँझ सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे १ त ७४४४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा ५ वर्षीय नेन्साङ तामाङको मृत्यु भएको हो ।

दुर्घटनापछि फरार रहेका चालकलाई गए राति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुुसन्धान थालेको छ ।

बालकको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

Advertisement