November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

काठमाडौंको बूढानीलकण्ठमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

1.8K

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८ भंगालस्थित सडकमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती प्रदेश–०२–०२० प २९७९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको पहरीले जनाएको छ ।

दुर्घटनामा सोही नगरपालिका–८ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ६७ वर्षीय ईन्द्र कुमार खड्काको बिहीबार बिहान मृत्यु भएको हो ।

गत मंगलबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको गंगालाल अस्पताल महाराजगंज हुँदै न्यूरो अस्पताल बाँसबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।