April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

गैँडाकाटमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु 

2.4K

चितवन – पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-३ स्थित कालीगण्डकी करिडोरको भोक्रोफाँटमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ ।

ना३ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरासी पूर्वका प्रहरी नायव उपरीक्षक ((डीएसपी) मोहनबहादुर खाँणले जानकारी दिए ।

मृतकको सनाखत भैसकेको र तीनजना पुरुष रहेको प्रहरीले जनाएको छ । अन्य विवरणसमेत प्राप्त नभएको डीएसपी खाँणले बताए ।

Advertisement

ट्रक बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको हो । ट्रक पहराबाट करिब एक सय मिटर तल खसेको छ ।  कालीगण्डकी करिडोरमै काम गर्ने ट्रक दुर्घटनामा परेको हो ।