भक्तपुर । काठमाडौंको खुलालटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय दीपक केसी रहेका छन् ।
गएराति साँखुबाट इन्द्रायणी तर्फ जाँदै गरेको केसीले चलाएको बा ५८ प ६५५० नम्बरको मोटरसाइकल गए राती ९ बजे शंखरापुर नगरपालिका–९ खुमलटारमा नियन्त्रण गुमाएर पल्टिएको थियो ।
घाइते उनको जोरपाटीस्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।