April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

पाँचथर अस्पतालमा दन्त उपहार शिविर सुरु

3.4K

पाँचथर । पाँचथर जिल्लाको सदरमुकाम फिदिमस्थित पाँचथर अस्पतालमा ज्येष्ठ नागरिकका लागि लक्षित दन्त उपहार शिविर शुरु भएको छ । फिदिम नगरपालिका, स्वास्थ तथा जनसंख्या मन्त्रालय उपचारात्मक सेवा महासाखा र पाँचथर अस्पतालकोे संयुक्त आयोजनामा शिविर सुरु भएको हो ।

शिविरमा कुनैपनि दाँत नभएका नागरिकको दाँत भर्नका साथै उपचार र परीक्षण गरिने बताइएको छ । असार २० गते सम्म सञ्चालन हुने शिविर सञ्चालनका लागि स्वास्थ मन्त्रालयमा कार्यरत चिकित्सक हरुको नेतृत्वमा स्वास्थकर्मी टोली असार १५ गते नै फिदिम आइपुगेको छ ।

शिविरको उद्घाटन बिहीबार जिल्ला समन्वय समिति पाँचथरका प्रमूख रामराज आङदेम्बेले गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै स्वास्थ मन्त्रालय,स्वास्थ सेवा विभागमा कार्यरत डाक्टर गुणराज लोहनीले पाँचथर अस्पतालमा ५० शैया सञ्चालनको स्विकृतिका लागि आफू लागि पर्ने प्रतिवद्वता जनाए ।

Advertisement

कार्यक्रममा डाक्टरहरु पवनजंघ रायमाझी, प्रकाश वुडाथोकी लगायतले दन्त उपहार शिविरको महत्ववारे प्रकाश पारेका थिए ।