November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

स्विमिङ्ग पुलमा डुबेर एक युवकको मृत्यु

2.3K

भैरहवा । भैरहवामा स्विमिङ्ग पुलमा डुबेर एक युवकको मृत्यु भएको छ । एक होटलद्वारा सञ्चालित स्विमिङ्ग पुलमा पौडी खेल्ने क्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ बस्ने २७ वर्षिय सुमित तुलाधरको मृत्यु भएको हो ।

शुक्रबार साथीहरुसंगै पौडी खेल्न होटल पौवा पुगेका तुलाधर सवा ५ बजे तिर स्विमिङ्ग पुलमा डुबेका थिए । उनलाई उद्धार गरी अस्पताल लगिएपनि उपचारको क्रममा उनको मृत्यु भएको डिएसपी पौडेलले बताए ।

पौवामा बालबालिका र वयस्कका लागि अलग–अलग स्विमिङ्ग पुल रहेको छ । यससंगै एउटा पोखरी पनि होटल परिसरमै रहेको छ ।

Advertisement