November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

आँबुखैरेनी सडक पहिरोमा भेटिएका दुवै मृतकको पहिचान खुल्यो

3K

तनहुँ । पृथ्वी राजमार्गको तनहुँस्थित आँबुखैरेनीमा सडक भासिएको ठाउँमा भेटिएका दुवै मृतकको पहिचान भएको छ ।

प्रहरीका अनुसार भेटिएको शवमध्ये स्कुटर चालक गोरखा सिरानचोक गाउँपालिका घर भई हाल आँबुखैरेनी–२ बस्दै आएका ३५ वर्षीय केशव घिमिरे र कार चालक हेटौंडा उपमहानगरपालिकाका–७ का ३३ वर्षीय हेमबहादुर भुजेल रहेका छन् ।

शुक्रबार बिहान करिब ४ बजे आँबुखैरेनी–४ पावरहाउस नजिकको सडक भासिएसँगै बा१०च ४६७९ नम्बरको कार, ग३३प १०८१ नम्बरको मोटरसाइकल र बा१५प २९५३ नम्बरको स्कुटर मर्स्याङ्दी नदीमा खस्दा दुई पुरुषको शव भेटिएको थियो ।

Advertisement

प्रहरी नायव उपरीक्षक युवराज खड्का अनुसार भेटिएको शवमध्ये स्कुटर चालक गोरखा सिरानचोक गाउँपालिका घर भई हाल आँबुखैरेनी–२ बस्दै आएका ३५ वर्षीय केशव घिमिरे र कार चालक हेटौंडा उपमहानगरपालिकाका–७ का ३३ वर्षीय हेमबहादुर भुजेल रहेका छन् ।