April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सङ्गीत तथा नाट्य क्षेत्रका छ जना सर्जकहरू सम्मानित

2.3K

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले राष्ट्रपति कार्यालय शितल निवासमा एक समारोहको आयोजना गरी सङ्गीत तथा नाट्य क्षेत्रका छ जना वरिष्ठ स्रष्टा सर्जकहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ समर्पण गरेको छ ।

प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठको सभापतित्व र सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख आतिथ्यतामा नेपाली सङ्गीत, नाटक तथा नृत्य क्षेत्रमा अतुलनीय योगदानको कदरस्वरुप छ जना स्रष्टाहरु सम्मानित भएका हुन् ।

पुरस्कार समर्पण समारोहमा रङ्गमञ्च विधामा वरिष्ठ रङ्गकर्मी ऋद्धिचरण श्रेष्ठ, परम्परागत तथा शास्त्रीय सङ्गीत विधामा वरिष्ठ जलतरङ्ग वादक मोहनप्रसाद जोशी, नृत्य विधामा वरिष्ठ नृत्य निर्देशक वीणा राजभण्डारी जोशी, नाट्य विधामा वरिष्ठ नाट्यकर्मी मनबहादुर मुखिया, सङ्गीत विधामा वरिष्ठ सर्जक मोहनकृष्ण कार्की ढली तथा लोक सङ्गीत विधामा वरिष्ठ लोक सर्जक अमर विरही गुरुङ्ग गरी छ जनालाई छ वटा विधामा ताम्रपत्र तथा जनही एक लाख एक रुपैँया सहित सम्मान गरिएको छ ।

Advertisement

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका विभागीय प्रमुखहरुले सर्जक/स्रष्टालाई प्रदान गरिएको ताम्रपत्र वाचन गरेर सुनाएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली मौलिक कलाको खोजी गर्दै तिनलाई अन्तराष्ट्रियस्तरसम्म पु¥याउनु नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको दायित्व रहेको बताइन् । उनले सम्मानित स्रष्टा तथा सर्जकलाई बधाई तथा शुभकामना दिँदै राष्ट्रका यस्ता गहनालाई सम्मान गर्न पाउँदा हर्षको अनुभूति गरेको बताइन् ।

समारोहलाई सम्बोधन गर्दै कुलपति नारायणभक्त श्रेष्ठले प्रज्ञा प्रतिष्ठानले गरेका गतिविधिका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमका तस्वीरहरु: