काठमाडौं । रोल्पामा रुखबाट लडेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा गंगादेव गाउँपालिका–५, उदिनढुङ्गा निवासी ओन्द्र वलीका १६ वर्षीय छोरा थलराज वली रहेका छन् ।
प्रहरीका अनुसार शुक्रबार साँझ घर नजिकैको बारीमा रुखमा घाँस काट्न थालेका वली एक्कासि लडेर घाइते भएको र उपचारका लागि मेडिकल कलेज कोहलपुर लगेकोमा गए राति मृत्यु भएको हिो ।