November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

दैलेख बस दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो 

1.6K

दैलेख । बुधबार कालीकोटबाट सुर्खेत जाँदै गरेको बस दुर्घटनामा मृत्यु भएका ४ जनाको पहिचान खुलेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेहरुमा दैलेख दुल्लु नगरपालिका–९ का ३६ वर्षीय काशीराम पाण्डे, प्रेम सुनार, कालीकोट पलाँता गाउँपालिका–३ का ३५ वर्षीया ज्ञानबहादुर बम र ५५ वर्षीया धनकला शाही रहेका छन् ।

घाइतेहरूको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

Advertisement

बुधबार कालिकोटबाट नेपालगन्ज जाँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका–२ सिस्नेस्थित कर्णाली राजमार्गमा दुर्घटना परेको थियो । प्रहरीका अनुसार बसमा ६० जना यात्रु थिए ।