November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

झापा धरमपुरमा बसको ठक्करबाट प्रहरी कर्मचारी र म्यादीको मृत्यु

2K

दमक । झापाको धरमपुरमा यात्रुबहाक बसको ठक्करबाट नेपाल प्रहरीका कर्मचारी र म्यादी प्रहरीको मृत्यु भएको छ। मोटरसाइकलमा सवार उनीहरू निर्वाचन सुरक्षामा खटिएर फर्कंदै गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोरङको पथरी शनिश्चरे नगरपालिका ८ का प्रकाश राई र भोजपुरको सडानन्द नगरपालिका ८ का चिचोहाङ राईको मृत्यु भएको हो। प्रकाश प्रहरी कर्मचारी हुन् भने चिचोहाङ म्यादी प्रहरी हुन्।

बुधबार बिहान को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायातको बसले प्रदेश १-०२०४० प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो।

Advertisement