November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

इँटाभट्टाको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

1.7K

काठमाडौं । भक्तपुर, चाँगुनारायण नगरपालिका–८ सुडाल बाघमारास्थित महेश्वर इँटाभट्टाको पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सोही भट्टामा काम गर्ने सल्यान वनकाठ कुभिन्डे गाउँपालिका–१० घर भएका २० वर्षीय तविल परियारको मृत्यु भएको हो ।

मंगलबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका प्रहरीले जनाएको छ ।

Advertisement