November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

उदयपुरमा कार दुर्घटना हुँदा एकको मृत्यु

1.9K

उदयपुर । उदयपुरमा कार दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मंगलबार राति उदयपुरगढी गाउँपालिका–६ नेपालटार दनुवार बेशी बैजनाथ खोलाको पक्की पुलस्थित सडकमा बा.०२५ च ७८१९ नम्बरको कार दुर्घटना हुँदा कारमा सवार मोरङ विराटनगर महानगरपालिका–५ बस्ने ३४ वर्षीय देबेन्द्र चापागाईको मृत्यु भएको हो ।

कार अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका अन्य ४ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर लगिएकोमा २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने २ जनाको उपचार भइरहेको छ ।

Advertisement