November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सहकार्य र समन्वयका लागि एनआरएनए एनसीसीहरुको बृहत भेला हुँदै

8.7K

काठमाण्डौं । गैर-आवासीय नेपाली संघ (एनआरएनए) को विनोद कुँवर नेतृत्वको आइसीसीले आगामी मे १२ बिहिबार राष्ट्रिय समन्वय परिषदहरुको एक वृहत भेला गर्ने भएको छ । संघद्धारा गत मे ८ मा प्रेषित आधिकारिक पत्रमा आइसीसीको उक्त कार्यक्रमबारे जानकारी गराइएको हो ।

महासचिव जानकी गुरुङद्धारा हस्ताक्षरित पत्रको सुरुमा कार्यकाल २०२१–२३ का सफलताको लागि नवनिर्वाचित केन्द्रीय समितिले सबै एनसीसीहरुलाई शुभकामना व्यक्त गरेको छ । त्यस्तै, पत्रले गत अप्रिल २२ का दिन महासचिव गुरुङद्धारा एनसीसीहरुसंग चालू कार्यकालमा सहकार्य र समन्वयका लागि गतिविधिहरु बढाउन जारी गरिएको पत्रको स्मरण पनि गराएको छ ।

पत्रमा भनिएको छ – “२०२१ अक्टोबरमा सम्पन्न हुन नसकेको संघको १० औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन राष्ट्रिय समन्वय परिषदहरुको मार्च ६, २०२२ मा सम्पन्न बैठकको निर्णय तथा संघको विधानको धारा १६.१.४ ले दिएको अधिकार एवं नेपाल सरकार परराष्ट्र मन्त्रालयको प.सं २०७८।७९/NRN/10th Conference च.नं. ३२८५ मिति २०७८।०८।०३ को पत्र अनुसार संघका प्रमुख संरक्षक डा. शेष घलेज्यूद्वारा आह्वान भई २०२२ मार्च २२ देखि २५ सम्म बिधिसम्मत रुपमा संघको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन काठमाण्डौंस्थित होटल याक एण्ड यतिमा सम्पन्न भई श्री बिनोद कुँवरज्यूको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ।”

Advertisement

पत्रमा वर्तमान आइसीसीले समय र परिस्थिति अनुसार परिमार्जित कार्यविधि, नियमावली तय गर्दै एनसीसी र आइसीसी बीच आपसी साझेदारीमा काम गर्ने योजना तय गरेको जानकारी गराइएको छ । त्यस्तै, एनसीसी दर्ता भएको सम्बन्धित देशको कानून र गैर–आवासीय नेपाली संघको उदेश्य मुताविक रहेर गैर–आवासीय नेपालीहरुका प्रमुख मुद्धाहरुको समाधान गर्न जरुरी भएको उल्लेख छ । त्यसका लागि नेपाल सरकारसंग सहकार्य गर्न र साझेदारीको आधारमा एनसीसीहरुसंग थुप्रै कार्यहरु गर्न आवश्यक भएको भन्दै तत् विषयमा आवश्यक निर्णय गरेर १५ मे, २०२२ भित्र आइसीसीलाई निर्णय गरि पठाउन अनुरोध गरिएको छ ।

“यसै सम्बन्धमा थप जानकारी दिन र यहाँहरुका केहि जिज्ञासाहरु भएमा त्यसको संवोधन गर्ने चहाना अनुसार आगामी १२ मे, २०२२ मा एक बृहद राष्ट्रिय समन्वय परिषद्हरुका भेला आयोजना गर्न लागिएकोले त्यसमा यहाँहरुका अमूल्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं” – पत्रमा भनिएको छ ।

बिहिबार मे १२ को दिन नेपाल समय अपरान्ह ५ बजे सुरु हुने सो भेलालाई संवोधन गर्न निवर्तमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घले र निवर्तमान संरक्षक तथा पूर्व अध्यक्ष श्री देव मान हिराचनज्यूको उपस्थिति रहने भएको छ । जूमद्धारा उपस्थिति जनाउनका लागि मीटिङ आइडी 916 8061 9143, Passcode: 1001 उपलब्ध गराइएको छ ।

महाचिव जानकी गुरुङद्धारा प्रेषित पत्र जस्ताको तस्तैः