November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

तुलसीपुरस्थित जुत्ता चप्पल गोदाममा भीषण आगलागी हुँदा ५ जनाको मृत्यु

1.9K

काठमाडौं। दाङको तुलसीपुरस्थित जुत्ता चप्पल गोदाममा भीषण आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १३ वर्षिया साजिता खातुन, १५ वर्षीय हसन बकस, १३ वर्षीय मनिस बकस, ५ वर्षीया अवीददिन अली र ४० वर्षीय नजर दिव अली रहेका छन् ।

प्रहरीका अनुसार मृतक ५ जनाको शव राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

उद्धारमा खटिएका एक जना घाइते भएका छन् । बेहोस भएका स्थानीय ३८ वर्षीय अमर डाँगीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

बिहीबार राति तुलसीपुर  उपमहानगरपालिका-५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा आगलागी भएको थियो । शुक्रबार बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगलागी भइरहेको देखेका थिए । त्यसपछि नियन्त्रणका लागि प्रयास भए पनि झण्डै ५ घण्टापछि मात्र आगलागी नियन्त्रणमा आएको थियो ।

इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।