November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

चन्द्रागिरिमा हिउँ खेल्न गएका प्रज्वल पोखरेल मृत फेल

5.7K

काठमाडौं । चन्द्रागिरिमा हिउँ खेल्न गएको एक युवक मृत भेटिएका छन्। प्रज्वल पोखरेल नाम गरेका युवकको शव प्रहरीले फेला पारेको हो।

शुक्रबारदेखि हराई रहेका पोखरेलको शव शनिबार फेला परेको हो। उनी हिउँ खेल्न चन्द्रागिरि पुगेको प्रहरीको अनुमान छ ।

मृतक पेसाले चार्टर्ड एकाउन्टेन्ट रहेको खुल्न आएको छ ।

Advertisement

मृतकको शरीरको माथिल्लो भाग नांगै रहेकाले घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।