November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

काठमाडौं महानगरपालिकाले भोलिदेखि फाइजर खोपको दोस्रो मात्रा लगाउने

3K

काठमाडौं । कोरोना संक्रमणबाट क्षति न्युनीकरण गर्नका लागि सोमवार देखी काठमाडौँ महानगरपालिकाले फाइजर खोपको दोस्रो मात्रा लगाउने भएको छ ।

खोप कार्यक्रम शनिवारबाहेक बिहान १० बजेदेखि ४ः०० बजेसम्म सञ्चालन गर्न लागिएको हो ।

जिल्ला खोप समन्वय समिति काठमाडौँको गत २० माघको निर्णयअनुसार फाइजरको दोस्रो मात्रा खोप लगाउने गरी ३२ वटै वडामा महानगरपालिकाले व्यवस्था मिलाएको छ । 

Advertisement

खोप समन्वय समितिको निर्णयअनुसार वडाले तोकेका सबन्धिन विद्यालयमा खोप केन्द्रमा लक्षित समूहमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले मात्र सो खोप लगाउन पाउने छन् । पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने गरी काठमाडौं महानगरपालिकाले सुचना जारी गरिसकेको छ ।