रौतहट । अविरल वर्षाका कारण घर भत्किँदा सोही घरले च्यापिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बौधीमाई नगरपालिका–१ अजगैबी बस्ने ४५ वर्षीया फुलमतिया देवी रहेकी छन् ।
शुक्रबार घरमा सुतिरहेको अवस्थामा अबिरल बर्षाको कारण घर भत्किँन जाँदा च्यापिएर गम्भीर घाइते भएकी उनको उपचारको लागि मौलापुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।