April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

इजरायल जाने कामदार छनौटमा अनियमितता भएको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

4.8K

काठमाण्डौ । इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाईने नेपाली कामदार छनौट प्रक्रियामा अनियमिता भएको भन्दै परेको रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सर्बाेच्चले अन्तरिम आदेश जारी गर्ने नगर्ने बारेमा छलफल गर्न यही पुस ५ गते दुवै पक्षलाई बोलाएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयालको इजलासले उक्त अहादेश दिएको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बैदेशिक रोजगार विभागअन्र्तगत इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाईने नेपाली कामदार छनौट प्रकृयामा तोकिएको मापदण्ड र सरकारले जारी गरेको सूचनाको आधारमा छनोट भई इजरायल जाने दिनको प्रतीक्षामा बसिरहेकाहरुले छनौट प्रकृयामा अनियमिता भएको भन्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

बैदेशिक रोजगार विभागले इजरायल जाने कामदारका लागि भनेर १४०० जनाको विज्ञापन गरेको थियो । पछि विना सूचना १६०० जनाको नामावली प्रकाशन गरेर अनियमितता गरेको रिट निवेदकको आरोप छ । निवेदकहरुले छनौट प्रकृया समेत अनियमित भएको आरोप लगाएका छन् ।

Advertisement

विभागले २०७८ साउन १२ गते जारी गरेको सूचनाको ७ नं बुँदामा छनोट समितिले १४०० जनाको योग्यताक्रम सूचिको अन्तिम रोष्टर तयार पारि इजरायली सरकारी निकाय एक्ष्द्यब् (उयउगबितष्यल ष्mmष्नचबतष्यल बलम दयचमभच ब्गतजयचष्तथ या ष्कचभब)ि लाई उपलब्ध गराउने छ भनि उल्लेख गएिको छ । तर बैदेशिक रोजगार विभागले २०७८÷०६÷१० गते जारी गरेको सिफारिस सम्बन्धी सूचनामा १६०० जनाको नाम सिफारिस गरिएको छ, यसबाट हामी अन्यायमा परेकोले न्यायको लागि अदालतमा आएको रिट निवेदक मध्यकी एक रिता बिष्टले बताईन् । उनले भनिन् ‘विभागको सूचना अनुसार १४०० जनाको नाम प्रकाशन गर्नु पर्नेमा दुई सय जना बढाएर किन, कति कारणले १६०० जनाको नामबली प्रकाशन गरियो भन्ने कुनै प्रकारको सार्वजनीक सूचना प्रकाशन गरिएको छैन त्यसैले यसमा अनमियता भएको छ ।’

बिष्टका अनुसार यतिमात्र हैन बैदेशिक रोजगार विभागको आधिकारीक वेभसाईटमा समेत यसलाई राखिएको छैन । विभागले यसरी अपारदर्शी रुपमा छनौट प्रकृया अपनाएपछि सरोकारबालालाई जानकारी नदिई बिना सूचना दूई सय जनाको नामावली थप गर्ने अख्तियारी विभागले कहाँबाट पायो यसको उत्तर नपाएपछि न्यायलय गुहार्न आईपुगेको अर्की रिट निवेदक सर्मिला राईले बताईन ।

सूचनामा भनिए अनुसार चिठ्ठा प्रणालीमार्फत कामदार छनोट गर्दा १४०० मध्येबाट गर्नु पर्नेमा किन १६०० जना उम्मेदबारबाट गरियो । त्यहाँ थप भएका २०० जनालाई कसरी समाबेस गरियो ? यसको स्पष्ट आधार र कारण विभागले दिन सकेको छैन ।

इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाईने नेपाली कामदार छनौट प्रक्रियामा अनिमियता भएको भन्दै जमुना पौडेल कार्की समेत ९ जनाले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बैदेशिक रोजगार विभाग समेतलाई विपक्ष बनाइ मंसिर २२ गते रिट निवेदन दर्ता गराएका थिए ।

त्यस्तै, इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाईने नेपाली कामदार छनौट प्रक्रियामा अनिमियता भएको भन्दै अख्तियार दुरुपयो अनुसन्धान आयोगले समेत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवसँग लिखित जबाफ माग गरेर आफ्नो कारबाहीको प्रकृयालाई अगाडि बढाएको छ ।