झापा । झापामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । गएराति कमल गाउँपालिका–५ लभडाडास्थित सडकमा प्र–१–०२–०४१ प २००० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँ बस्ने मोटरसाइकल डिल्लिराम शाहीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका २४ वर्षीय डिल्ली राम शाहीको दमक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सुनसरी ईटहरी उपमहानगरपालिका–२० बस्ने २५ वर्षीय रुपम तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ ।