November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

देउसी भैलो खेलिरहेको बेला बसले ठक्कर दिँदा दुईको मृत्यु, स्थानीयद्धारा बसमा आगजनी

२०७८ कार्तिक २१

1.7K

काठमाडौं । हेटौँडामा देउसी भैलो खेलिरहेको बेला यात्रुवाहक बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानी नजिक बसले ठक्कर दिँदा दुई युवकको मृत्यु भएको हो ।

हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले देउसी खेल्न हिँडेका पैदल यात्रुलाई ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीका २० वर्षीय सुरज विष्ट र चितवन पिप्ले–३ का ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरी रहेका छन् । घाइते आठ जनामध्ये पाँच जनाको चुरेहिल अस्पताल र तीन जनाको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Advertisement

ठक्करबाट दुई जनाको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका थिए । आगजनीबाट बस जलेर पूर्णरूपमा नष्ट भएको छ ।