March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

कैलालीमा ट्रक दुर्घटना हुदाँ चालकको मृत्यु सहचालक घाइते

3.1K

कैलाली– कैलालीमा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । धनगढीबाट डडेल्धुरातर्फ गइरहेको से १ ख ८५१ नम्बरको ट्रक बिहीबार साँझतिर गोदावरीमा दुर्घटना हुँदा चालक ३५ वर्षीय रामसिंह महराको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी बैतडीको सिगास गाउँपालिका–९ बचपानीका वासिन्दा हुन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका महराको उपचारका क्रममा बिहीबार राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा परेर बैतडीकै सुर्नया गाउँपालिका–५ का पंकज मडै सामान्य घाइते भएका छन् । उनी ट्रकका सहचालक हुन् ।

Advertisement