November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

यी हुन् कालो ढुसीबारे जान्‍नैपर्ने कुरा

3.2K

काठमाडाैं- कोभिड-१९ भएका बिरामीमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसी (म्यूकरमाइकोसिस)को संक्रमण नेपालमा अहिले केही मानिसमा पुष्टि भएको छ।

यो संक्रमण विरलै देखिन्छ तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने भएकोले समयमा नै ध्यान पुर्‍याउनु आवश्यक रहेको चिकित्सकहरु बताउँछन्।

तर, कालो ढुसी कोरोना संक्रमणजस्तो एक व्यक्तिबाट अर्को व्यक्तिमा भने सर्दैन।

Advertisement

कालो ढुसीका सामान्य प्रारम्भिक लक्षणहरू

– अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने।
– ज्वरो आउने।
– आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने।
– आँखाको ढकनी सुनिने र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने।
– नाकबाट रगत बग्ने, बाक्लो सिँगान आउने।
– दाँत दुख्ने वा हल्लिने।