भरतपुर– चितवनका विभिन्न अस्पतालमा उपचाररत ११ संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवनकाका तीन र आठ जना बाहिरी जिल्लाका छन्।
भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो।
चितवन मेडिकल कलेजमा उपचाररत चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ। अस्पतालका अनुसार मृत्यु हुनेमा गुल्मीको तम्घास नगरपालिका–९ का ५० वर्षीय पुरुष, चितवनकै खैरहनी नगरपालिका–९ की ५४ वर्षीया महिला, रुपन्देहीको सियारी गाउँपालिका–४ की ३४ वर्षीया महिला तथा भैरहवा नगरपालिका–८ का ५० वर्षीय पुरुष रहेका छन्।
त्यसैगरी, पुरानो मेडिकल कलेजमा उपचारका क्रममा पूर्वी चितवनको राप्ती नगरपालिकाका एक पुरुष र बाराको निजगढ नगरपालिका–९ का ३२ वर्षीय पुरुषको भएको छ ।
यस्तै अर्घखाँचीको भूमिकास्थान नगरपालिका–९ का ३० वर्षीय पुरुषको पनि पुरानो मेडिकल कलेजमै उपचारका क्रममा मृत्यु भएको हो। कपिलवस्तुका कोरोना सङ्क्रमित पुरुषको पनि सोही कलेजमा उपचारका क्रममा मृत्यु भएको छ।
त्यसैगरी, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका क्रममा दुई सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ बस्ने ४० वर्षीय पुरुष र रुपन्देहीको कालिका नगरपालिकाका एक पुरुष रहेका छन्।
त्यसैगरी, भरतपुर अस्पतालमा उपचारका क्रममा माडी नगरपालिका–५ का ६० वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ।