April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

महिला हिंसाविरुद्धको १६ दिने अभियान शुरु

4K

काठमाडौँ– हिजोदेखि महिला हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ ।

यस अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाले आज राष्ट्रियसभा गृहमा ‘लैङ्गिकतामा आधारित हिंसा’ सम्बन्धि एक दिने अन्तरक्रिया सम्पन्न गरेको छ ।

राष्ट्रिय सभा गृहमा आयोजना गरिएको अन्तरक्रियामा बोल्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले, तुलनात्मक रुपमा काठमाडौंमा हिंसाका घटना कम भएको उल्लेख गरे ।

Advertisement

‘भित्रभित्रै हिंसा भएका हुन सक्छन् । सबै मिलेर ती हिंसालाई शुन्य बनाउनुपर्छ,’ मेयर शाक्यले भने, ‘आर्थिक र सामाजिक हिसाबले मिश्रित बसोबास काठमाडौंको चरित्र हो । सहरमा गरीब बस्ती पनि छ । पारिवारिक अवस्था र अभावजस्ता कारणले यस्ता ठाउँमा हिंसाको बढी सम्भावना रहन्छ । समृद्ध परिवारमा शारीरिक नभए पनि मानसिक हिँसा हुन सक्छ । यी सबै खालका हिंसा अन्त्यका लागि सबै मिलेर काम गर्नुपर्छ । न्यायिक समितिमार्फत यस्ता घटनाका महानगरले प्रत्यक्ष सरोकार राखेको छ ।’

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले काठमाडौंका टोलटोलमा हिंसाका अवस्थाका बारेमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने बताए।