काठमाडौं । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
बिहीबार राति ८ बजेतिर पुर्चौंडी नगरपालिका –७ बडगाउँको मोडमा बस दुर्घटनामा पर्दा ६ जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार ४ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृतक सबै पुरुष छन् । मृतककाे पहिचान भने खुल्न बाँकी छ ।
बस सडकबाट करिब १५० मिटर तल खसेको छ ।