November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रदर्शनकारी जेन-जी र प्रहरीबीच झडप

640

काठमाडौं । माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेको जेन-जी पुस्ता प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रहरीको ब्यारिकेड तोड्दै संसद् भवनअगाडि पुगेका प्रदर्शनकारी र प्रहरीबीच तीव्र झडप भएको हो ।

झडप हुँदा प्रहरीले पानीको फोहोराले भिड नियन्त्रण गर्न नसकेपछि अश्रुग्यास हानेको छ।

प्रहरीको पानीको फोहोरा प्रदर्शनकारीले ढुंगामुढा गरेर निष्प्रभावी बनाएका थिए।

Advertisement

नेपाल सरकारले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा माइतीघरमा भेला भएका जेन–जीका प्रदर्शनकारीहरू नाराबाजी गर्दै बानेश्वरतर्फ अघि बढेका थिए।

उनीहरुले ‘आवर फ्युचर इज नट फर सेल’, से नो टु करप्सन, जेन–जी हेयर–फ्युचर क्लियर’, ‘जनाताको पैसा खानेलाई बिदाई’, ‘डोन्ट फिड द ग्रीड’, ‘खानलाई नुन छैन, तिमीलाई ओड्ने सुन चाहिने?’, ‘आवर फ्युचर इज नट् फर् सेल’, जस्ता प्लेकार्ड बोकेका छन् ।

करिब ४ हजारको संख्यामा युवाहरू भेला भएका छन् । प्रदर्शनको क्रममा कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा संयन्त्र मजबुत बनाइएको थियो ।