काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा हुने भएका छन् । सोमबार उच्च अदालत पाटनका न्यायाधीश मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको वाणिज्य इजलासले प्रसाईंलाई बैंकिङ कसुरमा २५ लाख र राजावादी प्रदर्शनमा ३ लाख गरी २८ लाख धरौटी माग गर्दै रिहा गर्न आदेश गरेको हो ।
आदेशपछि प्रसाईँ उक्त धरौटी रकम बुझाएर रिहा हुने प्रक्रियामा छन् । उनलाई लिन नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मा डिल्लीबजार कारागार पुगेका छन् ।
प्रसाईँ गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा हिंसात्मक राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए ।