काठमाडौं । सिन्धुलीमा बोलेर दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन् ।
तिनकान्याबाट सदरमुकामतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको बलेरो कमलामाई नगरपालिका-२ चियाबारीमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइतेलाई उद्धार गरेर सिन्धुली अस्पताल ल्याउने तयारी गरिएको छ ।
बोलेरो दुर्घटनामा पर्दा विपी राजमार्ग अवरुद्ध भएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।